मर्जरको मुख्य उद्देश्य पुँजी वृद्धि र सबलीकरण नै हो : अध्यक्ष सिलवाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा आम सर्वसाधारणको विश्वास बढाउनकै लागि मर्जरको नीति लिनुपरेको बताएका छन् । बिहीबार काठमाडौँ आयोजित सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
अध्यक्ष सिलवालले भने, 'नेपाली बीमा क्षेत्र विश्वासिलो छैन । सक्षम र सबल पनि छैन । हो, यसै कारण हामीले मर्जरको नीति लिनुपरेको हो ।'
तर, मर्जर नै समस्याको समाधान नभएको बताउँदै अध्यक्ष सिलवालले पहिला पुँजी बढाएर बीमा कम्पनी र समग्र बीमा क्षेत्रकै क्षमता वृद्धि गर्न प्राधिकरण निरन्तर लागि रहेको बताए ।
यस्तै धितोपत्र बजारको नियामक धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले मर्जरले सेवाग्राहीको लागत घट्नुपर्ने बताए ।
'पुँजी वृद्धि, क्षमता वृद्धिको कुरा त छँदैछ महत्त्वपूर्ण कुरा मर्जरले सेवाग्राहीको लागत घटाउनुपर्यो । जतिसक्दो कम मूल्यमा बढी लाभ पाउनुपर्यो' हमालले भने ।
पछिल्लो समय वित्तीय क्षेत्रमा समस्या आएको बारे चासो राख्दै अध्यक्ष हमालले कोभिडपछि वित्त कम्पनीहरूले लगानी गर्न नपाउँदा थुप्रिएको तरलता एकैपटक अन्धाधुन्ध लगानी गर्दा अझ बढी समस्या आएको बताए ।
बिहीबारदेखि सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स ओैपचारिक रूपमै एकीकृत कारोबारमा गएका छन् । विगत ९ महिनादेखि मर्जरका लागि गृहकार्य गरिरहेका दुई कम्पनीबीच अन्ततः मर्जर सफल भएको हो । योसँगै मर्जरपछिको बीमा कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स भएको । कम्पनीलाई आजै प्राधिकरणले मर्जरको लाइसेन्स प्रदान गरेको छ ।
मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड पुगेको छ भने जीवन बीमा कोष ८ अर्ब ३४ करोड पुगेको छ ।
यस्तै कम्पनीको रिजर्भ कोष ७८ करोड, सेयर पुँजी ४ अर्ब ९६ करोड पुगेको छ भने कम्पनीको कूल लगानी १३ अर्ब ५० करोड पुगेको छ । मर्जरपछि कम्पनीको बीमा प्रिमियम १७ अर्ब ५५ करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण