गोलबजारमा इँटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाइते
सिराहा । सिराहामा इँटा उद्योगको पर्खाल भत्किएर किच्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्लाको गोलबजार ८ मा रहेको सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा वीवीको शुक्रबार बिहान मृत्यु भएको हो।
ईटाभट्टीबाट पोलेको इँटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएका वीवीको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ। घाईतेहरु ३५ वर्षीय बवी वीवी र ४० वर्षीय ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।
शव पोस्टमार्टमको लागि प्रदेशीक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत फागुन २७ गते गोलबजार ५ स्थित माँ धमिनी ईट्टा उद्योगको पर्खाल भत्किदा उद्योगमा कार्यरते छ जना घाइते भएका थिए । जसमध्ये एक जना जयनाथ सदा गम्भीर घाइते भएका छन् ।
इँटा उद्योगमा कार्यरत मजदुरहरूलाई सामान्य सुरक्षाको व्यवस्था समेत नमिलाउँदा पटक पटक दुर्घटनामा परि मजदुरहरूको अङ्गभङ्ग हुनुको साथै ज्यानै सम्म जाने गरेको छ । यस प्रति सरकोकारबालाहरुको ध्यान जान जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण