गोलबजारमा इँटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाइते
सिराहा । सिराहामा इँटा उद्योगको पर्खाल भत्किएर किच्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्लाको गोलबजार ८ मा रहेको सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा वीवीको शुक्रबार बिहान मृत्यु भएको हो।
ईटाभट्टीबाट पोलेको इँटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएका वीवीको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ। घाईतेहरु ३५ वर्षीय बवी वीवी र ४० वर्षीय ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।
शव पोस्टमार्टमको लागि प्रदेशीक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत फागुन २७ गते गोलबजार ५ स्थित माँ धमिनी ईट्टा उद्योगको पर्खाल भत्किदा उद्योगमा कार्यरते छ जना घाइते भएका थिए । जसमध्ये एक जना जयनाथ सदा गम्भीर घाइते भएका छन् ।
इँटा उद्योगमा कार्यरत मजदुरहरूलाई सामान्य सुरक्षाको व्यवस्था समेत नमिलाउँदा पटक पटक दुर्घटनामा परि मजदुरहरूको अङ्गभङ्ग हुनुको साथै ज्यानै सम्म जाने गरेको छ । यस प्रति सरकोकारबालाहरुको ध्यान जान जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघको २७ औँ महाधिवेशन : १८ बुँदे काठमाडौँ घोषणापत्र जारी
-
प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो : प्रधानमन्त्री प्रचण्ड
-
सागरलाई लगातार विकेट, नेपाललाई तेस्रो सफलता
-
सागरले नै दिलाए नेपाललाई दोस्रो सफलता
-
युद्धविराम वार्ता पुनः सुरु गर्न हमासको प्रतिनिधिमण्डल कायरो जाने
-
प्रचण्डको ब्रिफिङ : ‘सहकारीको जटिलता गम्भीर, अर्को मन्त्रीपरिषद् बैठकले ठोस योजना ल्याउँछ’