निर्देशक समाजको अध्यक्ष उठ्ने जनकदिपको घोषणा
काठमाडौंँ । नेपाली चलचित्रका निर्देशकहरुको छाता संगठन नेपाल चलचित्र निर्देशक समाजको १५ औं महाधिवेशन शनिबार राजधानीमा आयोजना हुँदैछ । केहि अगाडि संघकी अध्यक्ष रक्षासिंह राणाको अध्यक्षतामा बसेको संघको बैठकले अधिवेशनको मिति तय गरेको हो । अधिवेशन मिति नजिकिएसँगै अध्यक्ष पदमा जनकदीप पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना केही एजेन्डासहित अध्यक्ष पदमा आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
संघको विभिन्न पद हुँदै हाल संघको महासचिव पदमा कार्यरत उनले संघबाट हासिल गरेको अनुभव संघको हितमा लगाउन अध्यक्ष उठ्न लागेको बताएका छन् । संस्थालाई बैद्धिक तथा श्रृजनात्मक रुपमा अगाडि बढाउने, संस्थालाई डिजिटल प्रबिधि मैत्री रुपमा सञ्चालन गर्ने, आफ्ना सदस्यको हकहितका खातिर काम गर्ने, अक्षयकोष सञ्चालन गर्ने, मास्टर क्लास गर्ने, अधुरा र अपुरा काम गर्ने लगायत एजेन्डामा उठाएका छन् । पराजुली लामो समयदेखि फिल्म, म्युजिक भिडियो र विज्ञापन चलचित्र निर्देशनमा सक्रिय रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण