बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको बिक्री वितरणमा अपनाउनुपर्ने सुरक्षाबारे निगमले थाल्यो छलफल

शुक्रबार, १० चैत २०७९, १५ : ५०
शुक्रबार, १० चैत २०७९

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको प्रयोगबाट हुने जोखिम र सुरक्षा विषयमा छलफल थालेको छ । नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणको जिम्मेवारी पाएको निगमले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका पम्पहरूका सञ्चालकहरूसँग पम्पको सुरक्षा एवं मापदण्ड सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।

कार्यक्रममा निगमका आपूर्ति विभागका निर्देशक वीरेन्द्र गोइत, नेपाल  पेट्रोलियम डिलर्स राष्ट्रिय  एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले मन्तव्य राखेका थिए । 

उनीहरुले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा आउने आकस्मिक जोखिम र त्यसको समाधानको विषयमा गम्भीर हुनुपर्ने समय आएको बताए ।

पेट्रोलियम पदार्थ प्रज्वलनशील पदार्थ भएकाले यसको बिक्री वितरणमा गम्भीर हुनुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनले यही लक्ष्यअनुरूप निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा ध्यान दिनुपर्ने र जोखिम न्यूनीकरणको लक्ष्यसहित सुरक्षा मापदण्डको विषयमा अभियान चलाएको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप