पेट्रोलियम पदार्थको बिक्री वितरणमा अपनाउनुपर्ने सुरक्षाबारे निगमले थाल्यो छलफल
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको प्रयोगबाट हुने जोखिम र सुरक्षा विषयमा छलफल थालेको छ । नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणको जिम्मेवारी पाएको निगमले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका पम्पहरूका सञ्चालकहरूसँग पम्पको सुरक्षा एवं मापदण्ड सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
कार्यक्रममा निगमका आपूर्ति विभागका निर्देशक वीरेन्द्र गोइत, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले मन्तव्य राखेका थिए ।
उनीहरुले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा आउने आकस्मिक जोखिम र त्यसको समाधानको विषयमा गम्भीर हुनुपर्ने समय आएको बताए ।
पेट्रोलियम पदार्थ प्रज्वलनशील पदार्थ भएकाले यसको बिक्री वितरणमा गम्भीर हुनुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनले यही लक्ष्यअनुरूप निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा ध्यान दिनुपर्ने र जोखिम न्यूनीकरणको लक्ष्यसहित सुरक्षा मापदण्डको विषयमा अभियान चलाएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण