एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक सकभर मन्त्री नबनाउने नीति लिने भएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको तीन सदस्यीय कार्यदलमा भएको प्रारम्भिक छलफलमा पहिला मन्त्री र मुख्यमन्त्री भएका बाहेकबाट यो पटक मन्त्री बनाउने गरी छलफल भएको अध्यक्ष माधव नेपाल निकट स्रोतको दाबी छ ।
चैत ७ गते बसेको सो पार्टीको सचिवालय बैठकले सरकारमा सहभागिताबारे सबै निर्णय गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् । ‘सरकारमा सहभागिताको विषयमा समग्रमा छलफल भइरहेको छ । तर अहिलेसम्म कुनै औपचारिक निर्णय गरिसकेको अवस्था छैन’, महासचिव घनश्याम भुसालले रातोपाटीसँग भने, ‘अध्यक्षज्यूको व्यस्तताले गर्दा ठोस निर्णय हुन नसकेको हो । छिट्टै निर्णयमा पुग्छौ ।’
महासचिव भुसालले सरकारमा सहभागी हुने मन्त्रीका लागि निश्चित मापदण्ड बनाउने तयारी भएको भन्दै यसअघि अवसर नपाएका तर जनताको काम गर्न सक्नेलाई प्राथमिकता दिने तयारी भएको बताए । नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएको एकीकृत समाजवादीका नेताहरूको भनाइ छ ।
सोही आधारमा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम तय गर्नेछ । प्रतिनिधिसभामा १० जना सांसद रहेको एकीकृत समाजवादीमा अध्यक्ष नेपालबाहेक नौ जना नै मन्त्रीका लागि आकाङ्क्षी छन् । यसअघि किसान श्रेष्ठ, मेटमणि चौधरी, प्रेम आले, शेरबहादुर कुँवर मन्त्री भइसकेकाले उनीहरुले यो पटक मन्त्रीका लागि अवसर नपाउने बताइएको छ । त्यस्तै राजेन्द्र पाण्डे यसअघि मुख्यमन्त्री भएकाले उनको पनि मन्त्री बन्ने सम्भावना टरेको छ । पाण्डे २०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित भएका थिए भने मङ्सिरको निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
स्रोतका अनुसार अध्यक्ष नेपालले हालै महासचिवबाट उपाध्यक्षको जिम्मेवारी पाएका डा. बेदुराम भुसालको नेतृत्वमा अन्य दुई जनालाई मन्त्री बनाउन सकिने सङ्केत गरेका छन् । ‘राष्ट्रियसभा सदस्य समेत रहनुभएका उपाध्यक्ष डा. बेदुराम भुसालसहित प्रकाश ज्वाला, भानुभक्त जोशी र धनबहादुर बुढाको सम्भावना बढी छ’,नेपाल निकट स्रोतले भन्यो, ‘यसो गर्दा मापदण्ड अनुसार पनि हुन्छ ।’ ज्वाला सल्यान, जोशी बझाङ र बुढा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । समाजवादीले राज्यमन्त्री पाएमा बुढाले राज्यमन्त्रीको जिम्मेवारी पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण