आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

संसदमा शेखर कोइरालाले भने– आपराधिक प्रवृत्तिको तुरुन्त उपचार होस् (पूर्णपाठ)

आइतबार, १२ चैत २०७९, १५ : ०२
आइतबार, १२ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले नागरिकको विश्वास र संसदको समर्थनवाट देशमा देखापरेको अर्थतन्त्रको संकट सम्वोधन गरेर समृद्धिको यात्रा तय गर्नुपर्नेमा जोड दिएका छन् ।  प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै कोइरालाले यसको लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्र प्रदर्शन गरेर नपुग्ने सम्पूर्ण मन्त्रिमण्डललाई नैतिकरुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्ने धारणा राखे । 

उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्न विभिन्न प्रतिकार समितिहरु गठन हुनु र सरकार टुलुटुलु हेरेर बस्नु कदापी राम्रो संकेत नभएको भन्दै यस्तो आपराधिक प्रवृत्तिको समयमै उपचार हुनुपर्नेमा जोड सदए ।  ‘विश्वव्यापी रुपमा बैंकिङ क्षेत्रको विश्वसनीयता माथि प्रश्न उठिरहेको छ। हाम्रो देशले पनि युरोप र अमेरिकामा देखिएको जस्तो बैंकिङ संकटको सामना गर्नु नपोरस् भनी अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ विशेषज्ञको सल्लाहबाट अगाडि बढ्न म अनुरोध गर्दछु’, उनले भने, ‘कर्जालाई अंग्रेजी भाषामा क्रेडिट भनिन्छ जसको मौलिक ल्याटिन अर्थ हो ‘विश्वास’।

राजनीतिक नेतृत्वमा पनि आम जनताको विश्वास घटेपछि सबल अर्थतन्त्र धरासायी बन्न समय लाग्दैन । त्यसैले अहिलेको असजताको सम्वोधन परम्परागत टालटुले विधिबाट होइन दीर्घकालीन रुपमै निकास निस्कने गरी सरकारले काम गरोस । एकातिर कर्जाको मागमा कमी आएको छ भने अर्कोतिर बैंक हरुको खराव कर्जाको अनुपात वढ्दैछ । त्यतिमात्र नभई बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्न विभिन्न प्रतिकार समितिहरु गठन हुनु र सरकार टुलुटुलु हेरेर बस्नु कदापी राम्रो संकेत हैन । त्यस्तो अपराधिक प्रवृत्तिको तुरुन्त उपचार गरिहाल्नुपर्छ ।’

उनले संसद गणितको मात्र खेल नभइ  नेपालीको आस्था र आशाको पुञ्ज हुनसक्नुपर्नेमा पनि जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप