पत्रपत्रिका
खालिस्तान अभियन्ता अमृतपाल सिंह नेपाल पसेको आशङ्का
सोमबार, १३ चैत्र २०७९, ०५ : ३९

काठमाडौँ । गृह मन्त्रालयले नेपाल-भारत सीमा क्षेत्रका भूभागमा उच्च सतर्कता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल-भारत सीमा क्षेत्र 'हाई अलर्टमा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।
भारतमा खालिस्तान नामक अलगै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल आएको वा आउन सक्ने सम्भावना बढेको भन्दै त्यस्तो निर्देशन दिइएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत सीमित प्रहरी अधिकारीहरू नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेका छन् । सो विषयमा विशेष ब्युरोले आजै मात्र कार्यभार सम्हालेका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई रिपोर्ट गरिसकेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले जगायो आशा
-
प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग गर्ने
-
भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा