बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माटोले बनेको घरमा बस्छन् ४६.२ प्रतिशतको परिवार

सोमबार, १३ चैत २०७९, १८ : २१
सोमबार, १३ चैत २०७९

काठमाडौं । नेपालमा ४६.२ प्रतिशत परिवार माटोले बनेको घरमा बस्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८’को विवरण अनुसार ४७.३ प्रतिशतको घर सिमेन्ट/ढलान तथा २.७ प्रतिशतको सेरामिक टायल, २.० प्रतिशतको काठको फल्याक/बाँस, १.४ प्रतिशतको इँटा/ढुङ्गाले बनेको छ । 

प्रदेशगत रुपमा हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी (८१.० प्रतिशत) घरको भुईँ माटोबाट बनेको छ ।  बागमती प्रदेशमा  ७१.६ प्रतिशत घर सिमेन्ट ढलानबाट बनेको देखिन्छ भने सबैभन्दा कम बागमती प्रदेशको घरको भुईँ २०.३ प्रतिशत माटोबाट, कर्णाली प्रदेशको १४.४ प्रतिशत परिवारको घरको भुईँ सिमेन्ट ढलानबाट बनेको देखिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप