माटोले बनेको घरमा बस्छन् ४६.२ प्रतिशतको परिवार
सोमबार, १३ चैत २०७९, १८ : २१
काठमाडौं । नेपालमा ४६.२ प्रतिशत परिवार माटोले बनेको घरमा बस्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८’को विवरण अनुसार ४७.३ प्रतिशतको घर सिमेन्ट/ढलान तथा २.७ प्रतिशतको सेरामिक टायल, २.० प्रतिशतको काठको फल्याक/बाँस, १.४ प्रतिशतको इँटा/ढुङ्गाले बनेको छ ।
प्रदेशगत रुपमा हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी (८१.० प्रतिशत) घरको भुईँ माटोबाट बनेको छ । बागमती प्रदेशमा ७१.६ प्रतिशत घर सिमेन्ट ढलानबाट बनेको देखिन्छ भने सबैभन्दा कम बागमती प्रदेशको घरको भुईँ २०.३ प्रतिशत माटोबाट, कर्णाली प्रदेशको १४.४ प्रतिशत परिवारको घरको भुईँ सिमेन्ट ढलानबाट बनेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण