अनलाइनबाटै राजश्व र बायोमेट्रिक गर्ने तयारी गर्दैछौँ : यातायात व्यवस्था विभाग
_1s6qDNoDOf.jpg)
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अनलाइनबाटै राजश्व सङ्कलन र बायोमेट्रिक गर्ने तयारीमा लागेको जानकारी दिएका छन् । आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै महानिर्देशक भट्टराईले राजश्व सङ्कलन अनलाइन माध्यमबाटै गर्न तयारीमा लागेको जानकारी दिएका हुन् ।
यातायात व्यवस्था विभाग अटोमेशनमा चलेको बताउँदै महानिर्देशक नारायण भट्टराईले भने, 'अब कागज बोकेर घुम्नु पर्ने अवस्था छैन । सवारी चालक अनुमति पत्र सम्बन्धी प्रदेशबाट हुँदै आएको छ । विभागले अनलाइन आवेदन लिने गरेको छ । राजश्व समेत अनलाइनबाट भुक्तानीको तयारी थालिएको छ ।’
यस्तै, पञ्जीकरण विभागसँगको सहकार्यमा बायोमेट्रिक समेत अनलाइनमार्फत गर्ने तयारी भइरहेको विभागको भनाइ छ ।
यातायात व्यवस्था विभागमा आईटी कर्मचारीको अभाव रहेको बताउँदै महानिर्देशक भट्टराईले थपे, ‘सबै कुरा बाहिरबाट आउट सोर्सिङ गर्दा अरूमा डिपेन्डेन्सी गर्नुपर्ने रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजश्व सङ्कलन गर्ने विधेयक लुम्बिनी प्रदेश सभामा पेस
-
नीतिले किन आफूलाई महसुस गरिन् अपराधी ?
-
प्रतिपक्षको जवाफ कामले दिनुपर्नेमा सत्तापक्षले मुख धेरै चलायो : वर्षमान पुन
-
लोकसेवा र मुख्यसचिवको फरक–फरक धारणाले गिजोलियो कर्मचारी विधेयक
-
‘सगरमाथा संवाद’ कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ : प्रभु साह
-
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति