नीतिले किन आफूलाई महसुस गरिन् अपराधी ?
काठमाडौँ । अभिनेत्री नीति शाह यतिवेला फिल्म ‘मोहर’को छायांकनका लागि नवलपरासीमा छिन् । यो गर्मीमा नवलपरासीमा उनले फिल्मका लागि अभिनेता पल शाहसँग एउटा गीत छायांकन गरेकी छन् ।
यो अनुभव भने उनलाई अहिलेसम्मकै नौलो भएको छ । जसलाई उनले सामाजिक सञ्जालबाट सेयरसमेत गरेकी छन् । जहाँ उनले एक ग्रुप फोटो पोस्ट गर्दै पर्दा पछाडि काम गर्ने सहकर्मीहरूप्रति सम्मानसमेत प्रकट गरेकी छन् ।
‘यो पोस्ट सबै ब्याकग्राउन्ड नाच्ने र पर्दा पछाडि अहोरात्र खटिने साथीहरूको लागि समर्पित छ,’ उनले लेखेकी छन्, ‘हामी कलाकारहरूले सेटमा केही सुविधाहरू प्राप्त गर्ने सौभाग्य पाउँछौं । चाहे त्यो घामबाट बच्नका लागि छाता समात्ने स्पटब्वाइ होस्, चिसोमा ज्याकेट ल्याउने साथी होस्वा ‘कट’ पछि तुरुन्तै उपलब्ध गराइने पानी र चिसो ड्रीङ्क । मसँग धेरै म्युजिक भिडियो वा फिल्मको अनुभव भने छैन, तर आजको दिन साँच्चै आँखा खोल्ने खालको अनुभव रह्यो ।’
३७ डिग्री तापक्रममा नदीको किनारमा निर्विश्राम नाचिरहेकाहरूलाई हेर्दा आफूले उनीहरूको काम कति गाह्रो रैछ भन्ने महसुस गरेको उनले लेखेकी छन् ।
‘जब मैले स्टेप बिगार्थेँ र क्यामेरा एङ्गल मिलेन भन्दै पटक पटक उही स्टेप दोहोर्याएर नाच्नु पर्दा म त्यतिबेला म आफूलाई अपराधीजस्तो महसुस गर्थेँ,’ उनी भन्छिन्, ‘धेरैजसोले सोच्ने गर्छन्, हाम्रो काम अभिनय सजिलो छ र स्क्रिनमा हेर्दा सबै कुरा यति सरल र सुन्दर देखिन्छ । तर त्यो केही सेकेन्डको ‘पर्फेक्सन’ पछाडि सम्पूर्ण फिल्म टोलीको कति धेरै पसिना, मेहनत र समर्पण लुकेको हुन्छ भन्ने कुरा देखिँदैन ।’ उनले सबै ब्याकग्राउन्डमा नाच्ने डान्सर र प्राविधिकलाई मनैदेखि धन्यवादसमेत दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण