शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको क्वालालम्पुर चार्टर्ड उडानमा शंका, प्राधिकरणले माग्यो स्पष्टीकरण

सोमबार, १३ चैत २०७९, २० : ४२
सोमबार, १३ चैत २०७९

काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालाम्पुरमा थप चार्टर्ड उडानको अनुमति माग गरेसँगै नागरिक उड्डयन प्राधिकरण सशंकित भएको छ । काठमाडौं–क्वालालम्पुर नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै  पनि  निगमले थप चार्टर्ड उडान गर्न अनुमानि मागेसँगै प्राधिकरण सशंकित हुन पुगेको हो ।

गत अप्रिल ३, २०१५ मा नेपाल सरकार र मलेसिया सरकारबीच भएको द्विपक्षीय हवाई सम्झौतामा सातामा १४ वटा फ्लाइट गर्नेगरी सहमति भएको थियो  । तर, वायुसेवा निगमले सम्झौता अनुसार नियमित उडान गर्न नचाहेर थप चार्टर्ड फ्लाइटका लागि अनुमानि मागेपछि प्राधिकरणको ध्यानाकर्षण भएको जनाएको छ । 

सोमबार नै प्राधिकरणले के कारणले थप चार्टर्ड फ्लाइट चाहेको हो ? लिखित स्पष्टीकरण दिन निगमलाई पत्रकार गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । चार्टर्ड उडानको अनुमति माग गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । वायुसेवा निगमले काठमाडौं–क्वालालम्पुर र भैरहवा(क्वालालम्पुर गरि सातामा २८ वटा उडान मलेसियामा गर्न सक्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको गृष्मकालीन उडान तालिका अनुसार निगमले काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा साताको ५ र काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा साताको २ उडान स्वीकृत भएको छ । योसँगै निगमसँग अझै सातामा १४ भन्दा बढी नियमित उडान अनुमानि माग्न सक्ने सुविधा छ । तर, नियमित छाडेर निगमले चार्टर्ड फ्लाइट माग गरेपछि प्राधिकरण स्पष्टीकरणमा उत्रिएको हो ।

निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले सोही गन्तव्यका लागि (काठमाडौं–क्वालालाम्पुर–काठमाडौं) रुटमा साताको १४ उडानको स्वीकृति पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप