ट्रकमा लागु औषध लुकाएर ओसारपसार गर्ने ३ जना प्रहरी नियन्त्रणमा
बारा । इलाका प्रहरी कार्यालय सिमराले २ वटा लरी ट्रकमा लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगन्जबाट पथलैयातिर आउँदै गरेको मधेस प्रदेश ०३–००१– क २२४२ र ०३–००१ क २२४३ नं लरी ट्रक चेकजाँच गर्ने क्रममा क्याबिनको सिट मुनी लागु औषध फेला परेको हो ।
२२४२ नम्बरको लरी ट्रकबाट नाईट्रोभेट टयाब्लेट १५० पिस, नाईट्राजेपाम टयाब्लेट ४० पिस, फेनरगन २६ वटा, नुफिम २६ वटा, डाईजापाम २६ वटा र २२४३ नं लरी ट्रकबाट नाईट्रोभेट टयाब्लेट ७५ पिस, नाईट्राजेपाम टयाब्लेट ८० पिस, फेनरगन २८ वटा, नुफिम २८ वटा डाईजापाम २८ वटा फेला परेको हो ।
गोप्य सूचनाका आधारमा ईप्रका जीतपुर र सिमराबाट खटिएको प्रहरी टोलीले लागु औषध बोकेको लरी ट्रक सहित नियन्त्रणमा लिएका ३ जनाको नाम भने सार्वजनिक गरेको छैन । नियन्त्रणमा लिएका सबैलाई सोमबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जनाएका छन् ।
बारा पर्सा औद्योगिक कोरिडोरको बाटो हुँदै भारतबाट सामान बोकेर आउने गाडी तथा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू लुकाई छिपाई लागु औषधको धेरै ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । बारा पर्सामा लागु औषधको ठुलो गिरोह रहेको र कोरिडोरको बाटो हुँदै मकवानपुर, काठमाडौँ, पोखरासम्म यी लागु औषधका टब्यालेटहरु पुग्ने गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण