सरकारी कर्मचारीलाई कार्यालयमा ४,५१२ पटक धूम्रपान गरेको भेटिएपछि...
चुरोटको लत साह्रै महँगो हुन्छ भनेर धेरैले भन्ने गर्छन् । यो भनिराख्दा धेरैले चुरोटको मूल्यलाई इङ्गित गरिरहेका हुन्छन् तर ओसाका जस्तो सहरमा कोही कर्मचारीलाई कार्यालय समयमा चुरोट पिइरहेको अवस्थामा भेटिए तलब काट्ने प्रावधान रहेको छ ।
निर्देशक तहका सरकारी कर्मचारीले आफ्नो चुरोटको लतका लागि ठुलो मूल्य चुकाउनु परेको छ । १४ वर्षको अन्तरालमा कार्यालय समयमा चुरोट पिएका कारण उनले ११ हजार डलर (१४ लाख रुपैयाँ बढी) जरिवाना तिर्नुपरेको छ । ६१ वर्षका ती कर्मचारीले पछिल्लो साढे चार वर्षमा ४,५१२ पटक चुरोट पिइरहेको भेटिए । धूम्रपान गर्दा उनले ३५५ घण्टा काम नगरी खेर फालेको बताइएको छ ।
६१ वर्षका ती कर्मचारी र ओसाका प्रिफेक्चरल सरकारका अन्य दुई सहकर्मीलाई सन् २०२२ को सेप्टेम्बरमा काममा धूम्रपान गरेको आरोपमा अनुसन्धान गरिएको थियो । उनीहरूको मानव संसाधन कार्यालयमा उनीहरूको धूम्रपान गर्ने बानीबारे गुनासो आएको थियो । यद्यपि, उनीहरुले चेतावनीलाई ध्यान दिएनन् र अन्तरवार्तामा धूम्रपान गरेको भन्दै झुटो बोलेका थिए ।
द माइनिची शिम्बुन पत्रिकामा बताइए अनुसार ती निजामती कर्मचारीले स्थानीय लोक सेवा ऐन अन्तर्गत ‘ड्युटी अफ डिभोसन’ उल्लङ्घन गरेको फेला पारेपछि ६ महिनाको १० प्रतिशत तलब कटौतीका साथै आफ्नो तलबको १.४४ मिलियन येन जरिवाना तिर्न बाध्य भएका छन् । गहिरो अनुसन्धान गर्दा उनले विगत साढे १४ वर्षमा जम्मा ४ हजार ५१२ पटक चुरोट सेवन गरेको पाइएको छ ।
ओसाकामा धूम्रपान सम्बन्धी कानुन संसारकै कडा छ । कार्यालय र सामुदायिक विद्यालयहरू जस्ता सरकारी परिसरमा दुई वर्ष भन्दा अघि लागू गरिएको थियो र सन् २०१९ मा सरकारी कर्मचारीहरूलाई कामको समयमा धूम्रपान गर्न प्रतिबन्ध लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण