सरकारी कर्मचारीलाई कार्यालयमा ४,५१२ पटक धूम्रपान गरेको भेटिएपछि...

चुरोटको लत साह्रै महँगो हुन्छ भनेर धेरैले भन्ने गर्छन् । यो भनिराख्दा धेरैले चुरोटको मूल्यलाई इङ्गित गरिरहेका हुन्छन् तर ओसाका जस्तो सहरमा कोही कर्मचारीलाई कार्यालय समयमा चुरोट पिइरहेको अवस्थामा भेटिए तलब काट्ने प्रावधान रहेको छ ।
निर्देशक तहका सरकारी कर्मचारीले आफ्नो चुरोटको लतका लागि ठुलो मूल्य चुकाउनु परेको छ । १४ वर्षको अन्तरालमा कार्यालय समयमा चुरोट पिएका कारण उनले ११ हजार डलर (१४ लाख रुपैयाँ बढी) जरिवाना तिर्नुपरेको छ । ६१ वर्षका ती कर्मचारीले पछिल्लो साढे चार वर्षमा ४,५१२ पटक चुरोट पिइरहेको भेटिए । धूम्रपान गर्दा उनले ३५५ घण्टा काम नगरी खेर फालेको बताइएको छ ।
६१ वर्षका ती कर्मचारी र ओसाका प्रिफेक्चरल सरकारका अन्य दुई सहकर्मीलाई सन् २०२२ को सेप्टेम्बरमा काममा धूम्रपान गरेको आरोपमा अनुसन्धान गरिएको थियो । उनीहरूको मानव संसाधन कार्यालयमा उनीहरूको धूम्रपान गर्ने बानीबारे गुनासो आएको थियो । यद्यपि, उनीहरुले चेतावनीलाई ध्यान दिएनन् र अन्तरवार्तामा धूम्रपान गरेको भन्दै झुटो बोलेका थिए ।
द माइनिची शिम्बुन पत्रिकामा बताइए अनुसार ती निजामती कर्मचारीले स्थानीय लोक सेवा ऐन अन्तर्गत ‘ड्युटी अफ डिभोसन’ उल्लङ्घन गरेको फेला पारेपछि ६ महिनाको १० प्रतिशत तलब कटौतीका साथै आफ्नो तलबको १.४४ मिलियन येन जरिवाना तिर्न बाध्य भएका छन् । गहिरो अनुसन्धान गर्दा उनले विगत साढे १४ वर्षमा जम्मा ४ हजार ५१२ पटक चुरोट सेवन गरेको पाइएको छ ।
ओसाकामा धूम्रपान सम्बन्धी कानुन संसारकै कडा छ । कार्यालय र सामुदायिक विद्यालयहरू जस्ता सरकारी परिसरमा दुई वर्ष भन्दा अघि लागू गरिएको थियो र सन् २०१९ मा सरकारी कर्मचारीहरूलाई कामको समयमा धूम्रपान गर्न प्रतिबन्ध लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस