आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्वप्न सुमनको नयाँ गीत युट्युब ट्रेन्डिङमा

मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । चर्चित गायक स्वप्न सुमनको नयाँ गजल गीत ‘जे छौ तिमी’ युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । दुई दिन अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १७ लाख भन्दा बढी दर्शक पाउँदै युट्युबको शीर्ष स्थान ओगट्न सफल भएको हो । गीतले १७२ हजार लाइक पाएको छ । तर, डिसलाइक बटन भने लुकाइएको छ ।

एउटा केटाले आफ्नो रोजाइको केटीको बर्णन गरेको मनमोहक गीत क्लासिकल शैलीमा तयार गरिएको छ ।  स्वप्न सुमनकै शब्द तथा संगीत रहेको गीतमा सुमनलाई समीर श्रेष्ठले स्वरमा साथ दिएका छन् । 

गीतको भिडियोमा पनि गायकद्वय नै देखिएका छन् । नयन राईको छायाङ्कन तथा निर्देशन रहेको गीतको भिडियो अशोक अधिकारीले सम्पादन गरेका हुन् । गीतको भिडियो नेपालमा ट्रेन्डिङको शीर्ष स्थान ओगट्नुको अलावा युएईमा ट्रेन्डिङ ६ र अस्ट्रेलियामा समेत ट्रेन्डिङ २ मा पुग्न सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया