सलमान खानको रहस्यमयी पोस्ट भाइरल
सारांश
- बलिउड सुपरस्टार सलमान खानले मध्यरातमा जिमका दुईवटा शर्टलेस तस्बिर सेयर गर्दै 'सलमान खान डर गया, हम्म्म जो डर गया समझो मर गया' लेखेका छन्।
- सलमानले केही दिनअघि विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै प्रश्नपत्र बाहिरिनु गम्भीर मुद्दा भएको र विद्यार्थीको साहस प्रेरणादायी रहेको बताएका थिए।
- सलमानको पोस्टपछि वरुण धवन, प्रीति जिन्टा, करिना कपूरलगायत बलिउड कलाकारले पनि आन्दोलनलाई समर्थन गर्न थालेका छन्।
मुम्बई । बलिउड सुपरस्टार सलमान खानले मध्यरातमा सामाजिक सञ्जालमा एउटा रहस्यमयी पोस्ट सेयर गरेका छन्।
सलमानले इन्स्टाग्राममा जिमका दुईवटा शर्टलेस तस्बिर सेयर गरेका हुन्।
जिमका उपकरणनजिकै टाउकोमा तौलिया राखेर उभिएका तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘सलमान खान डर गया, हम्म्म जो डर गया समझो मर गया।’ उक्त पोस्टमा केही घण्टामै १३ लाखभन्दा बढी ‘लाइक’ आइसकेका छन्।

सलमान खान पछिल्ला दिनहरूमा जन्तर-मन्तरमा चलिरहेको विद्यार्थी आन्दोलनलाई समर्थन गरेर चर्चामा छन्। दुई दिनअघि विद्यार्थीको समर्थन गर्दै उनले एउटा पोस्ट सेयर गरेका थिए र आन्दोलन हिंसात्मक बनेकोमा निराशा व्यक्त गरेका थिए।
उनले लेखेका थिए, ‘यो एकदमै शान्तिपूर्ण आन्दोलन थियो। यसले हिंसात्मक मोड लिएको देख्दा धेरै दुःख लाग्छ। आन्दोलनमा घाइते भएका विद्यार्थी र उनीहरूका परिवारप्रति मेरो गहिरो समवेदना छ। प्रश्नपत्र बाहिरिनु धेरै गम्भीर मुद्दा हो। हाम्रा देशका विद्यार्थी राम्रो शिक्षा व्यवस्थाको माग गर्दै एकजुट भएर अगाडि आएका छन् र अभिभावकले पनि साथ दिएका छन् भन्ने देख्दा खुसी लाग्छ।’
सलमानले थप लेखेका छन्, ‘म विद्यार्थीको यो कदमको मनैदेखि प्रशंसा गर्छु। उनीहरूले जुन समर्पण, इमानदारी र मिहिनेतका साथ पढेर आफ्नो भविष्य बनाउने ऊर्जा देखाएका छन्, त्यो तारिफयोग्य छ। यही युवा पुस्ताले शिक्षित र बलियो भारतको निर्माण गर्नेछ अनि देशको नाम उच्च राख्नेछ।’
आन्दोलन सही दिशामा अगाडि बढेको र विद्यार्थीले यसलाई पूर्ण रूपमा शान्तिपूर्ण तरिकाले चलाएको भन्दै उनले विद्यार्थीको साहस र शिक्षाप्रतिको समर्पण प्रेरणादायी रहेको उल्लेख गरेका छन्।
उनले थप लेखेका छन्, ‘यो मुद्दा विद्यार्थी र शिक्षा व्यवस्थाबिचको हो। यसलाई राजनीतिक रङ दिनु हुँदैन। यसको पूरा श्रेय हाम्रा देशका विद्यार्थीले पाउनुपर्छ। सरकारले पनि उनीहरूलाई साथ दिनेछ र शिक्षा व्यवस्थालाई अझ बलियो बनाउन सकारात्मक कदम चाल्नेछ भन्नेमा मलाई पूर्ण विश्वास छ। यो सबैका लागि फाइदाको स्थिति हुनेछ। म सकारात्मक निर्णयको आशा र प्रार्थना गर्छु। शिक्षा हासिल गर्न चाहने सबैको भगवान्ले भलो गरून्।’
आफ्नो लामो पोस्टको अन्त्यमा सलमानले शिक्षा नै आगामी ट्रेन्ड र फेसन बनोस् भन्ने इच्छा व्यक्त गरेका छन्। हरेक वर्ष पढाइलाई लिएर मानिसको उत्साह यति बढोस् कि बाहिरका मानिस भारतमा पढ्न आउन् र देश एजुकेसन हब बनोस् भन्ने चाहना उनले राखेका छन्।
सलमानको पोस्ट सार्वजनिक भएपछि वरुण धवन, प्रीति जिन्टा, करिना कपूर, अनन्या पाण्डे, सारा अलि खानलगायत धेरै ठुला बलिउड कलाकारले पनि आन्दोलनलाई समर्थन गर्न थालेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण