अपूर्वाको खुलासा : कठिन समयमा सूफीले बचाएका थिए ज्यान
सारांश
- कन्टेन्ट क्रिएटर अपूर्वा मखिजाले नेटफ्लिक्सको रियालिटी शो 'लक अप २' मा सूफी मोतीवालाले कठिन समयमा आफ्नो ज्यान बचाएको खुलासा गरेकी छन्।
- 'इन्डियाज गट लेटन्ट' विवादपछि मानसिक रूपमा विक्षिप्त हुँदा सूफीको साथले आफूलाई आत्महत्या गर्नबाट रोकेको अपूर्वाले बताइन्।
- सूफीले पनि अपूर्वालाई आफ्नो जीवनको सबैभन्दा राम्रा दिनमध्ये एक भएको र मित्रता टुटेपछि आफूले पनि उनलाई सम्झेको स्वीकार गरिन्।
मुम्बई । कन्टेन्ट क्रिएटर अपूर्वा मखिजा उर्फ ‘द रेबेल किड’ यतिबेला नेटफ्लिक्सको रियालिटी शो ‘लक अप: सच या सजा’मा छिन्।
‘लक अप २’ मा अपूर्वाको प्रवेशपछि दर्शकले सूफी मोतीवालासँगको उनको भेट रोमाञ्चक हुने अपेक्षा गरेका थिए।
दुई कन्टेन्ट क्रिएटरबसच लामो समयदेखि तिक्तता चलिरहेको थियो, तर शोमा प्रवेश गर्नेबित्तिकै अपूर्वाले सबैलाई आश्चर्यमा पार्ने खुलासा गरेकी छन्। सूफीसँगको विवाद बाहिर छताछुल्ल भए पनि जीवनको सबैभन्दा कठिन मोडमा उनले नै साथ दिएको अपूर्वाले बताएकी छन्।
अपूर्वाका अनुसार ‘इन्डियाज गट लेटन्ट’ विवादपछि उनी मानसिक रूपमा पूर्ण रूपमा विक्षिप्त भएकी थिइन्। उनले सूफीसँग भनिन्, ‘मैले तिमीलाई धेरै सम्झिएँ। जब कसैले मलाई म कसरी तिम्रो साथी थिएँ भनेर सोध्छ र तिम्राबारे नराम्रा कुरा गर्छ, तब म सधैँ एउटै कुरा भन्छु, यदि त्यो समयमा सूफी मेरो साथमा नभएको भए सायद म आफ्नो ज्यान नै लिन्थेँ।’
अपूर्वाको कुरा सुनेर सूफीले उनलाई त्यस्तो नभन्न सल्लाह दिए। अपूर्वासँगको मित्रता आफ्नो जीवनका सबैभन्दा राम्रा दिनमध्ये एक रहेको सूफीले बताए।
मुम्बईमा पहिलोपटक आफ्नो कोही नजिकको साथी र बलियो सामाजिक दायरा छ भन्ने महसुस अपूर्वाकै कारण भएको उनले स्वीकार गरे। मित्रता टुटेपछि आफूले पनि अपूर्वालाई धेरै सम्झिएको उनले बताए।
त्यस कठिन समयमा सूफी मात्र यस्ता साथी थिए, जसले कुनै सर्तविना आफ्नो साथ दिएको अपूर्वाले थप खुलाइन्। उनले भनिन्, ‘म त्यो स्थितिबाट एक्लै कहिल्यै बाहिर आउन सक्दिनथेँ। तिमीले मेरो ज्यान बचायौ। यदि तिमी मेरो साथमा नभएको भए म ‘लेटन्ट’ विवादबाट उम्कनै सक्दिनथेँ।’
यसअघि अपूर्वा र सूफी करण जोहरको शो ‘द ट्रेटर्स’मा सँगै देखिएका थिए। उक्त शोपछि दुवैको सम्बन्ध बिग्रिएको थियो।
सूफीले सोसल मिडियामा लामो पोस्ट लेख्दै आफूले लोकप्रियता कमाउन कहिल्यै अपूर्वाको प्रयोग नगरेको स्पष्टीकरण दिएका थिए। आफूमाथि भएको व्यवहारका कारण नै मित्रता अन्त्य गर्ने निर्णय लिएको उनले बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण