बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
नेपाल भर्सेस भुटान : कतै खुसी, कतै पीडा
फोटोफिचर

नेपाल भर्सेस भुटान : कतै खुसी, कतै पीडा

मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेसन्स कपमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । खेल बराबरीमा सकिएसँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब फाइनलमा लाओसको सामना गर्नेछ । फाइनल खेल चैत १७ गते हुनेछ ।

मंगलबार भएको खेलमा पहिलो गोल भने भुटानले गरेको थियो । दशरथ रंगशालमा भएको खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । भुटान जीततर्फ अघि बढिरहँदा दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । योसँग नेपालले भुटानविरुद्ध आफ्नो अपराजित रेकर्डलाई कायम राखेको छ ।खेलमा आयुस घलान प्लेयर अफ द म्याच चुनिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया