डलर दुई हप्तायताकै सस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर बुधवार पुनः १३१ रुपैयाँ ८१ पैसामा झरेको छ ।
मंगलवार राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ १० पैसा थियो । बैंकहरूले भने १३१ रुपैयाँ ७० पैसादेखि १३१ रुपैयाँ ९० पैसाको बीचमा रहेर डलर विक्री गरेका थिए । यसले पनि बुधवार डलरको मूल्य घट्ने संकेत गरिसकेको थियो ।
गत चैत ३ गते १३२ रुपैयाँ ६८ पैसासम्म उक्लिएको डलरको भाउ डेढ हप्ताको बीचमै उच्चतम विन्दुबाट ८७ पैसा घटिसकेको छ । अमेरिकी डलरसँगै चिनियाँ युआनको विक्रीदर पनि घटेको छ । तर, युआनको मंगलवार र बुधवारको विक्रीदरमा चार पैसाको मात्रै फरक छ । मंगलवार १९ रुपैयाँ १९ पैसा रहेको चिनियाँ युआनको विक्रीदर बुधवार १९ रुपैयाँ १५ पैसामा झरेको छ ।
बुधवार युरोको विनिमय दर भने बढेको छ । बुधवारका लागि युरोको विक्रीदर १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ । मंगलवार युरोको विक्रीदर १४२ रुपैयाँ २१ पैसा तोकिएको थियो । बैंकहरूले भने १४१ रुपैयाँ ९१ पैसादेखि १४२ रुपैयाँ ९१ पैसाको बीचमा रहेर युरो विक्री गरेका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
-
भेनेजुएला भूकम्पः फुटबलर यामभर्ट बेरोटेरानसहित कैयौँ खेलाडीको ज्यान गयो
-
बुढापाकाले धानेको घुम्ती गोठ
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
२३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण