गठबन्धन बैठक
सरकारमा ९ दल सहभागी हुने, बिहीबार मन्त्रिपरिषद् विस्तार
बुधबार, १५ चैत २०७९, २२ : ५०
काठमाडौँ । दश दलीय सत्ता गठबन्धनमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको हो ।
जसपाका नेता राजेन्द्र श्रेष्ठले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए । उनले भने, ‘भोलि बेलुका शपथ हुने जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लाग्यो ।’
कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण