त्रिविका सहप्रध्यापकमाथि दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न अनेरास्ववियुको माग
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितको समूहले त्रिविका सहप्रध्यापक पशुपति अधिकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ । सो संगठनकका अध्यक्ष समीप बडालले एक विज्ञप्ति जारी गरी त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख समेत रहेका सहप्रध्यापक अधिकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको हो ।
सो संगठनले सहप्रध्यापक अधिकारीमाथि पराजुली नेतृत्वको समूहले पानीका बोतल, सिसाका गिलास र कुर्सी प्रहार गरी दुर्व्यवहार गरेको भन्दै सो घटनाप्रति खेद प्रकट गरेको छ ।
अनेरास्ववियुले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र मुलधारका मुख्य विद्यार्थी संगठनको नेतृत्वको सामुन्ने स्ववियु निर्वाचन सम्पन्न गर्न विश्वविद्यालयको दायित्व बोकेको प्रध्यापकमाथि दुर्व्यवहारको घटनाले दुखित बनाएको जनाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ:‘विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र मुलधारका मुख्य विद्यार्थी संगठनको नेतृत्वको सामुन्ने स्ववियु निर्वाचन सम्पन्न गर्न विश्वविद्यालयको दायित्व बोेकेको प्राध्यापक माथि दुरव्यवहारको घटनाले दुखित बनाएको छ । दोषीलाई तत्काल पक्राउ गर्न र आवश्यक सुरक्षा प्रबन्धसहित निर्वाचन हुन बाँकी क्याम्पस हरुमा निर्वाचन सम्पन्न गराउन अनेरास्ववियु सरकार समक्ष जोडदार माग गर्दछ ।’ अनेरास्ववियुले बाँकी क्याम्पसहरुमा निर्वाचन सम्पन्न गराउन सरकारसमक्ष जोडदार माग समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण