शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका सहप्रध्यापकमाथि दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न अनेरास्ववियुको माग

बुधबार, १५ चैत २०७९, २३ : २८
बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितको समूहले त्रिविका सहप्रध्यापक पशुपति अधिकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ । सो संगठनकका अध्यक्ष  समीप बडालले एक विज्ञप्ति जारी गरी त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख समेत रहेका सहप्रध्यापक अधिकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको हो ।

सो संगठनले सहप्रध्यापक अधिकारीमाथि पराजुली नेतृत्वको समूहले पानीका बोतल, सिसाका गिलास र कुर्सी प्रहार गरी दुर्व्यवहार गरेको भन्दै सो घटनाप्रति खेद प्रकट गरेको छ ।

अनेरास्ववियुले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र मुलधारका मुख्य विद्यार्थी संगठनको नेतृत्वको सामुन्ने स्ववियु निर्वाचन सम्पन्न गर्न विश्वविद्यालयको दायित्व बोकेको प्रध्यापकमाथि दुर्व्यवहारको घटनाले दुखित बनाएको जनाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ:‘विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र मुलधारका मुख्य विद्यार्थी संगठनको नेतृत्वको सामुन्ने स्ववियु निर्वाचन सम्पन्न गर्न विश्वविद्यालयको दायित्व बोेकेको प्राध्यापक माथि दुरव्यवहारको घटनाले दुखित बनाएको छ । दोषीलाई तत्काल पक्राउ गर्न र आवश्यक सुरक्षा प्रबन्धसहित निर्वाचन हुन बाँकी क्याम्पस हरुमा निर्वाचन सम्पन्न गराउन अनेरास्ववियु सरकार समक्ष जोडदार माग गर्दछ ।’ अनेरास्ववियुले बाँकी क्याम्पसहरुमा निर्वाचन सम्पन्न गराउन सरकारसमक्ष जोडदार माग समेत गरेको छ ।

aneraswobiu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप