शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने लक्ष्य छ : प्रधानमन्त्री

बिहीबार, १६ चैत २०७९, १२ : १७
बिहीबार, १६ चैत २०७९

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ पनि आजै गर्ने तयारीमा आफू रहेको बताएका छन् ।  बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सकभर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने प्रयास भइरहेको बताएका हुन् । 
‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, उनले भने, ‘यदि आज सकिएन भने पनि भोलि बिहान होला, काम त हाम्रो सकिएको छ ।’ उनले एक दुई वटा मन्त्रालय मिलाउन बाँकी भए पनि अरू टुङ्गिएको बताए । 

प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए । ‘मलाई विश्वास छ अव राजनीतिक स्थायित्वले पनि अव नयाँ आधार प्राप्त गर्नेछ, मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर जाने नै हो त्यसका लागि म पुरै तागत लगाउँछु ।’ प्रधानमन्त्रीले आफू चितवनवासी भएको नाताले चितवनको विकासमा आफू लागिरहने प्रतिबद्धता जनाए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप