कारागारमा रहेका विद्यार्थीले त्यहीँबाट एसईई परीक्षा दिने
काठमाडौँ । भोलिबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यो वर्ष चार लाख ८५ हजार ३६७ विद्यार्थीले परीक्षा दिनेछन् । एसइई परीक्षा दिने दृष्टिविहीन, कारागार तथा बाल सुधार गृहमा रहेका विद्यार्थी सम्बन्धित ठाउँबाटै परीक्षा दिन पाउने भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक भक्त गोदारका अनुसार यो वर्ष दृष्टिविहीन र कारागारमा तथा सुधार गृहमा रहेका बालबालिकाहरूले जुन विद्यालयमा अध्ययन गरेका थिए त्यहीबाट परीक्षा दिन पाउनेछन् ।
उनीहरुको अवस्थालाई मध्यनजर गर्दै नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको उनको भनाई छ ।
यो वर्ष देशभरबाट ५५ जना दृष्टिविहीन, ५० जना कारागार तथा बालसुधार गृहमा रहेका विद्यार्थीले एसईई दिन लागेका छन् । उनीहरूलाई निवेदन दिएको आधारमा पढेकै विद्यालय र कारागार तथा बाल सुधार गृहबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण