शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कारागारमा रहेका विद्यार्थीले त्यहीँबाट एसईई परीक्षा दिने

बिहीबार, १६ चैत २०७९, १५ : ३३
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । भोलिबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

यो वर्ष चार लाख ८५ हजार ३६७ विद्यार्थीले परीक्षा दिनेछन् । एसइई परीक्षा दिने दृष्टिविहीन, कारागार तथा बाल सुधार गृहमा रहेका विद्यार्थी सम्बन्धित ठाउँबाटै परीक्षा दिन पाउने भएका छन् । 

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक भक्त गोदारका अनुसार यो वर्ष दृष्टिविहीन र कारागारमा तथा सुधार गृहमा रहेका बालबालिकाहरूले जुन विद्यालयमा अध्ययन गरेका थिए त्यहीबाट परीक्षा दिन पाउनेछन् । 

उनीहरुको अवस्थालाई मध्यनजर गर्दै नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको उनको भनाई छ । 

यो वर्ष देशभरबाट ५५ जना दृष्टिविहीन, ५० जना कारागार तथा बालसुधार गृहमा रहेका विद्यार्थीले एसईई दिन लागेका छन् । उनीहरूलाई निवेदन दिएको आधारमा पढेकै विद्यालय र कारागार तथा बाल सुधार गृहबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप