आईपीएलको उद्घाटन समारोहमा तमन्ना र अरिजीतको प्रस्तुति
गुजरात । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उद्घाटन समारोहमा बलिउड अभिनेत्री तमन्ना भाटिया र अरिजीत सिंहले प्रस्तुति दिने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दिएको जानकारी अनुसार ३१ मार्चमा गुजरात र चेन्नईबीचको पहिलो खेलअघि साँझ ६ बजे उद्घाटन समारोह सुरु हुनेछ ।
सन् २०१८ पछि पहिलोपटक आईपीएलमा उद्घाटन समारोह हुन लागेको हो । सन् २०१९ मा आईपीएलको उद्घाटन समारोह रद्द गरिएको थियो । १४ फेब्रुअरीमा भएको पुलवामा हमलामा सहिद भएका सुरक्षाकर्मीको परिवारका लागि उद्घाटन समारोहको रकम सहयोग गरिएको थियो । त्यसपछि कोरोना महामारीका कारण उद्घाटन समारोह हुन सकेन ।
यसअघि आईपीएलको उद्घाटन समारोहमा बलिउड अभिनेता शाहरुख खान, सलमान खान र अमेरिकी गायक पिटबुलदेखि कटरिना कैफ, करिना कपुर र दीपिका पादुकोणसम्मले आफ्नो प्रस्तुति दिइसकेका छन् ।
पछिल्लोपटक सन् २०१८ मा मुम्बईको वानखडे स्टेडियममा भएको आईपीएलको उद्घाटन समारोहमा ऋतिक रोशन र ज्याकलिन फर्नान्डेजले प्रस्तुति दिएका थिए । यसको साथै गायक मिका सिंह र कोरियोग्राफर प्रभुदेवाले पनि प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण