लागुऔषधहित ७ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट सातजना लागुऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागुऔषध खैरो हेरोइन २ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट अवैध लागुऔषध ब्राउनसुगर ८ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका(६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय विनोद श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश–१–०२–०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका–६ कटारी चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका–६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका–१० बस्ने २५ वर्षीय ललितकुमार राम र सोही नगरपालिका–३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण