विभिन्न जिल्लामा ४ जना मृत फेला
काठमाडौँ । बिहीबार देशका विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनअनुसार चितवन, काठमाडौँ, दार्चुला र कपिलवस्तुमा ४ जना मृत फेला परेका हुन् । बुलेटिनका अनुसार चितवनको माडी नगरपालिका–९ टमट्टा बस्ने ४७ वर्षीय शिवप्रसाद भण्डारी मृत फेला परेका छन् । उनी आफ्नै बारीमा मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै काठमाडौँको नागार्जुन नगरपालिका–२ सानोभर्याङमा पनि एक पुरुष मृत अवस्थामा भेटिएका छन् । नागार्जुनको लाली गुरासटोल बस्ने ५५ वर्षीय प्रदीप सेरचन आफ्नै घरमा मृत फेला परेका हुन् । उता दार्चुलाको ब्यास गाउँपालिका–६ मा एक युवक मृत फेला परेका छन् । ब्यासको बडुघाटस्थित महाकाली नदी किनारमा ती युवक मृत फेला परेको प्रहरीको भनाई छ । मृत फेला परेका अन्दाजी ३० वर्षीय ती युवकको पहिचान भएको छैन ।
त्यस्तै कपिलवस्तुमा पनि एक ६० वर्षीय पुरुष मृत फेला परेका छन् । जिल्लाको यसोधरा गाउँपालिका–२ सोनवर्षीस्थित आँपको बगैचामा अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । मृत फेला परेका ती पुरुषको पनि नाम, थर र वतन पहिचान भैनसकेको प्रहरीले जनाएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण