मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु
बिहीबार, १६ चैत २०७९, २० : ०३
सर्लाही । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना पुरुषको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ भने मृतकको परिचय खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कैलाश राईले प्रहरी चौकी हरिपूर्वाका प्रहरीले अहिले घटनास्थल सुरक्षित गरी राखिरहेको र मुचुल्का गर्न तथा थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिए । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण