सरकार र मिटरब्याज पीडितबीच भोलि वार्ता हुने
विहीबार, १६ चैत्र २०७९, २० : १३

काठमाडौँ । सरकार र मिटरब्जाजी पीडितहरुबीचको वार्ता भोलि बिहान साढे सात बजे हुने तय भएको छ। बिहीबार बिहान एक चरणको वार्ताबाट निष्कर्ष नआएपछि साँझ ६ बजे बस्ने तय भएपनि मिटरब्याजी पीडितका समस्याका कारण शुक्रबार बिहान बस्ने गरी समय सरेको हो।
बिहीबार साँझको वार्ता स्थगित भएपनि पीडितका तर्फबाट पेश भएका लिखित माग सम्बोधन गर्ने सवालमा सरकारी वार्ता टोलीबीच छलफल भने भएको छ। सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले भोलि बिहानको वार्तापछि निष्कर्षमा पुगिने बताइन्।
मिटरब्याज पीडितहरु १० दिन पैदल हिँडेर यही साता काठमाडौँ आएका थिए । सरकारले मिटर ब्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर ब्याजीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु
-
भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने