सरकार र मिटरब्याज पीडितबीच भोलि वार्ता हुने
बिहीबार, १६ चैत २०७९, २० : १३
काठमाडौँ । सरकार र मिटरब्जाजी पीडितहरुबीचको वार्ता भोलि बिहान साढे सात बजे हुने तय भएको छ। बिहीबार बिहान एक चरणको वार्ताबाट निष्कर्ष नआएपछि साँझ ६ बजे बस्ने तय भएपनि मिटरब्याजी पीडितका समस्याका कारण शुक्रबार बिहान बस्ने गरी समय सरेको हो।
बिहीबार साँझको वार्ता स्थगित भएपनि पीडितका तर्फबाट पेश भएका लिखित माग सम्बोधन गर्ने सवालमा सरकारी वार्ता टोलीबीच छलफल भने भएको छ। सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले भोलि बिहानको वार्तापछि निष्कर्षमा पुगिने बताइन्।
मिटरब्याज पीडितहरु १० दिन पैदल हिँडेर यही साता काठमाडौँ आएका थिए । सरकारले मिटर ब्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर ब्याजीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण