ट्राफिक प्रहरीको चेकिङ : १२ जना स्कुल बसका चालक कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार बिहान गरिएको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १२ वटा स्कुल बसका चालकहरू कारबाहीमा परेका हुन् ।
जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ११ जना चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको छ ।
योसँगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २६२ जना चालकलाई पनि कारबाहीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण