ट्राफिक प्रहरीको चेकिङ : १२ जना स्कुल बसका चालक कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार बिहान गरिएको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १२ वटा स्कुल बसका चालकहरू कारबाहीमा परेका हुन् ।
जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ११ जना चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको छ ।
योसँगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २६२ जना चालकलाई पनि कारबाहीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो