प्रजातन्त्र सानो समूहको कब्जामा छ : कमल थापा
शुक्रबार, १७ चैत २०७९, १५ : ५१
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र मुट्ठीभरका सानो समूहको कब्जामा भएको बताएका छन् । दुरदराजमा बस्ने तल्ला वर्गका जनताको दुख, पिर मर्का हेर्ने बुझ्ने फुर्सद सत्तासीनलाई नभएको भन्दै थापाले मुलुक डरलाग्दो सेन्टिगेटको दुष्चक्रमा फसेको टिप्पणी गरे ।
थापाले भने, हरि खेलमा मात्र सबैको ध्यान केन्द्रित छ, यसले मुलुकलाई असफल राष्ट्र तर्फ उन्मुख गराउँदै छ ।
राप्रपा नेपाल आबद्ध पूर्व प्रहरी परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले पूर्व सुरक्षाकर्मीको हकहितलाई सुरक्षित राख्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष थापाले द्वन्द्वपीडितलाई सुविधा दिने नाममा सरकारले तत्कालीन विद्रोही पक्षलाई मात्र पक्षपोषण गरेकोमा आपत्ति जनाउँदै सबै द्वन्द्वपीडितलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण