निजामती सेवाको नाम फेर्नुपर्छ : नेता निधि
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेर्नुपर्ने धारणा राखेका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह कर्मचारी युनियन, नेपालको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता निधिले निजामती सेवाको नाम फेर्नुपर्ने बताएका हुन् ।
उनले आफू सामान्य प्रशासनमन्त्री भएको बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएको उल्लेख गरे । उनले लोकसेवा आयोगले कर्मचारीहरुको भर्ती गर्ने हुँदा लोकसेवा कर्मचारी भन्न सकिने बताए । उनले निजामती शब्द उर्दुबाट आएको उल्लेख गर्दै निजाम्को अर्थ ‘राजा’ हुने बताए । उनले राजाको सेवामा खटिनेहरुलाई ‘निजामती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएको उल्लेख गरे । नेता निधिले निजामती शब्द समय सान्दर्भिक नभएको भन्दै समय सान्दर्भिक नाम खोज्नुपर्ने बताए ।
नेता निधिले राजनीतिज्ञ र कर्मचारीहरुको सहकार्य सफल भएमा देश र जनताले प्रगति गर्ने बताए । उनले राजनीतिक स्थिरताका लागि पनि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण