सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश र सभामुखलाई चौथो मर्यादाक्रममा राख्न एमालेको संशोधन प्रस्ताव

शुक्रबार, १७ चैत २०७९, १७ : ५६
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । एमाले सांसदले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई मर्यादाक्रमको चौथो स्थानमा राख्न प्रस्ताव गरेका छन् । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ माथि संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसद डा.विमला राई पौड्यालले विधेयकमा पाँचौँ स्थानमा रहेको प्रधानन्यायाधीशलाई चौथो मर्यादामा राख्न प्रस्ताव गरेकी हुन् ।

सांसद राईले क्रम सङ्ख्या ५ हटाउने र मर्यादाको क्रम सङ्ख्या ४ मा सर्वोच्चका प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको एउटै मर्यादाक्रम राख्न प्रस्ताव गरेकी छन् ।  यस्तै उनले दफा ३ को उपदफा ४ मा रहेको यस ऐन बमोजिमको मर्यादाक्रममा फेरबदल हुने छैन भन्ने विषय हटाउन प्रस्ताव गरेकी छिन् । 

मर्यादाको क्रम सङ्ख्या १२ मा रहेको उच्च अदालतका न्यायाधीशलाई क्रम सङ्ख्या १४ मा राख्न र जिल्ला न्यायाधीशलाई मर्यादाको १७ नम्बरमा राख्न प्रस्ताव गरेकी छन् । 

यस्तै कांग्रेस सांसद अनिता देवकोटा सहितका सदस्यहरूले मर्यादाको १७ नम्बरमा प्रदेश विश्वविद्यालयको उपकुलपति राख्नुपर्ने, मर्यादाको १९ नम्बरमा प्रमुख जिल्ला अधिकारी र जिल्ला न्यायाधीशको मर्यादाक्रम मिलाउनुपर्ने प्रस्ताव गरेका छन् । उनीहरुले मर्यादाको क्रमसङ्ख्या १० र ११ लाई मिलाउनुपर्ने, मर्यादाको १६ मा रहेका ‘नायव महालेखा परीक्षक’ भन्ने शब्दको सट्टामा ‘उपमहालेखा परीक्षक’ राख्न प्रस्ताव गरेका छन् । 

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ माथि १८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । गत चैत ५ गते राष्ट्रियसभामा यो विधेयक दर्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप