माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु
शुक्रबार, १७ चैत २०७९, १९ : २१
पोखरा । माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो ।
घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी चालक र माइक्रोलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण