शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बजार

सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

शनिबार, १८ चैत २०७९, ११ : ५६
शनिबार, १८ चैत २०७९

काठमाडौँ । यो साता नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ थियो । जबकी, हिजो शुक्रबारसम्म आइपुग्दा घटेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य ६०० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार २०० ले घटेको सुनको भाउ मंगलबार १ हजार रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ५०० रुपैयाँले बढे पनि बिहीबार पुन ३०० ले घटेको सुनको भाउ शुक्रबार एकै दिन १ हजार रुपैयाँले बढेको थियो ।

यस्तै, यो साता चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सयको आँकडा छोएको छ । गत साताको शुक्रबार तोलामा १३ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य साताभरमा ४० रुपैयाँले बढेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप