पोल्यान्डमा नेपाली दूतावासको ३ दिने घुम्ती सेवा सुरु
पोल्यान्ड । पोल्यान्ड कार्यक्षेत्रसमेत रहेको नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा त्यहाँ बसोबासरत नेपालीका लागि ३ दिने घुम्ती सेवा आजबाट सुरु गरेको छ।
घुम्ती सेवा आज १ अप्रिल बुधबार देखि अप्रिल ३ सम्म रहनेछ। सन् २०२४ मार्च ३१ सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा सञ्चालन भएको नेपाली दूतावास जर्मनीबाट खटिआएका प्रेम भण्डारीले जानकारी दिए।
घुम्ती टोलीका लागि नेपाली दूतावास जर्मनीले एनआरएनए पोल्यान्डलाई उपयुक्त स्थानको प्रबन्ध मिलाउन अनुरोध गरे अनुसार वार्सा स्थित म्यारिट होटल पछाडि टाइटस चाउविन्स्की -८ को १०औं तलामा घुम्ती सेवा सुरु भएको एनआरएनए पोल्याण्डका महासचिव पवन खड्काले बताए।उनले पासपोर्टका लागि हालसम्म १९३ जनाले आवेदन अनलाइन फारम भरेको तथा बायोमेट्रिकको लागि समय लिएको र यो सङ्ख्या अझै बढ्न सक्ने बताए।
जर्मनी स्थित नेपाली दूतावासको जर्मनी लगायत पोल्यान्ड, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हङ्गेरी, रोमानिया, बुल्गेरिया, युक्रेन र भ्याटिकन सिटि (होलीसी)समेत देशहरूमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण