सिटिजन्स बैंकद्वारा एकसाथ दुई सेवा विस्तार
काठमाडौँ सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको Kiosk सेवा अन्य स्थानमा पनि विस्तार गरेको छ । शनिबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले काठमाडौँको कलंकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगन्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा यो सेवा शुभारम्भ गरे ।
बैंकले कोशी प्रदेशको कर्सिया, मधेस प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरी एकसाथ ५ शाखामा एटिएम सेवाको समेत विस्तार गरेको छ । साथै निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको व्यहोरा प्रमुख कार्यकारी अधिकृतले बताए ।
Kiosk सेवा मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण