संसदीय क्यालेन्डरको व्यवस्था राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको जोड
काठमाडौँ । प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदीय क्यालेन्डरको व्यवस्था अनिवार्य गर्न जोड दिएका छन् । आइतबार सो नियमावलीको मस्यौंदामाथि राखेको प्रस्तावमाथिको छलफलका क्रममा उनीहरुले संसदीय क्यालेन्डरको व्यवस्थालाई राख्न जोड गरेका हुन् ।
सांसद विनिता कठायतले सांसदको क्यालेन्डर अनिवार्य हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्– ‘हेर्नुहोस कतिजना छौँ आज ? २७५ मध्ये कतिजना नै छौँ आज ? हामी बाँधिन्छौँ भनेर डराउन मिल्छ । आफूलाई मात्र सजिलो हुनेगरी नियम बनाउनु कत्तिको उचित हुन्छ ? जतिबेला मन लाग्यो त्यतिबेला बाहिर खाजा खान जाने भएको भएर हामीले संसदमा खाजा खाने समय तोक्न भनेका हौँ । विधेयकमाथि छलफल गर्न, विचार विमर्श गर्न ७२ घण्टाले पुग्छ भन्ने हो सबैलाई ?’
उनले सरकारले विजनेश दिन्छ र काम गरौंला भनेर बस्न संसदलाई दास बनाउन खोजेको हो भन्दै प्रश्न गरिन् । सांसद कठायतभन्दा अगाडि बोलेकी रास्वपाकी अर्की सांसद सुमना श्रेष्ठले पनि नियमावलीमा संसदीय क्यालेन्डर बनाएर सोहीअनुसार संसद चलाउने व्यवस्था राख्नुपर्नेमा जोड दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण