शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म जुध्दा दयाहाङलाई सकस

आइतबार, १९ चैत २०७९, १८ : २५
आइतबार, १९ चैत २०७९

काठमाडौँ । दयाहाङ राई अहिले सबैभन्दा व्यस्त अभिनेता हुन् । उनलाई फिल्म खेलाउन निर्माता निर्देशकले ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने अवस्था छ ।

व्यस्तता कारण कतिपय समय एउटै मितिमा उनका दुई फिल्म रिलिज हुन थालेका छन् । रिलिजको समय नयाँ फिल्म छायांकन सेड्युल पनि पर्छ । आफ्नो समय कुन रिलिज कि छायांकन कुन फिल्मलाई दिने उनलाई सकस पर्ने परेको छ ।

यस्तै सकसमा छन् अहिले पनि उनी । किन भने उनका दुई फिल्म ‘जारी’ र ‘बिहेपास’ नयाँ वर्षको अवसरमा सार्वजनिक प्रदर्शनमा आउँदैछ भने एक फिल्म ‘नाङ्गो गाउँ’ छायांकनमा छ । एकै समय फिल्म रिलिज र छायांकन जुध्दा कलाकारलाई निकै अब्ठ्यारो हुने उनले बताए ।

‘आफू जोडिएको फिल्म रिलिज होस् कि छायांकन समय दिनुपर्छ’, उनले भने ‘कहिले काहीँ एउटै सेड्युल पर्दा कसलाई समय दिने, कसलाई नदिने अब्ठ्यो पर्दाेरहेछ ।’ आफू अहिले अब्ठ्यारो सिच्युयसनमा रहेको उनले सुनाए । ‘अहिले मेरो दुई फिल्म रिलिज हुँदैछ  । एक छायांकनमा । छायांकनबाट समय केही समय मिलाएर रिलिजको दुवै फिल्मलाई दिने तयारीमा छु’ उनले थपे । 

प्रवेश पौडेलको निर्देशन रहेको फिल्म ‘बिहे पास’मा रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ र रोजन श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङको अलवा प्रकृति श्रेष्ठ, रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतको अभिनय छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको ‘जारी’ रामबाबु गुरुङले निर्माण गरेका हुन् । फिल्ममा उनको अलव मिरुना मगर, विजय बरालको पनि मुख्य भूमिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप