फिल्म जुध्दा दयाहाङलाई सकस
काठमाडौँ । दयाहाङ राई अहिले सबैभन्दा व्यस्त अभिनेता हुन् । उनलाई फिल्म खेलाउन निर्माता निर्देशकले ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने अवस्था छ ।
व्यस्तता कारण कतिपय समय एउटै मितिमा उनका दुई फिल्म रिलिज हुन थालेका छन् । रिलिजको समय नयाँ फिल्म छायांकन सेड्युल पनि पर्छ । आफ्नो समय कुन रिलिज कि छायांकन कुन फिल्मलाई दिने उनलाई सकस पर्ने परेको छ ।
यस्तै सकसमा छन् अहिले पनि उनी । किन भने उनका दुई फिल्म ‘जारी’ र ‘बिहेपास’ नयाँ वर्षको अवसरमा सार्वजनिक प्रदर्शनमा आउँदैछ भने एक फिल्म ‘नाङ्गो गाउँ’ छायांकनमा छ । एकै समय फिल्म रिलिज र छायांकन जुध्दा कलाकारलाई निकै अब्ठ्यारो हुने उनले बताए ।
‘आफू जोडिएको फिल्म रिलिज होस् कि छायांकन समय दिनुपर्छ’, उनले भने ‘कहिले काहीँ एउटै सेड्युल पर्दा कसलाई समय दिने, कसलाई नदिने अब्ठ्यो पर्दाेरहेछ ।’ आफू अहिले अब्ठ्यारो सिच्युयसनमा रहेको उनले सुनाए । ‘अहिले मेरो दुई फिल्म रिलिज हुँदैछ । एक छायांकनमा । छायांकनबाट समय केही समय मिलाएर रिलिजको दुवै फिल्मलाई दिने तयारीमा छु’ उनले थपे ।
प्रवेश पौडेलको निर्देशन रहेको फिल्म ‘बिहे पास’मा रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ र रोजन श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङको अलवा प्रकृति श्रेष्ठ, रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतको अभिनय छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको ‘जारी’ रामबाबु गुरुङले निर्माण गरेका हुन् । फिल्ममा उनको अलव मिरुना मगर, विजय बरालको पनि मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण