कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबार २८ पैसाले घटेको अमेरिकी डलर आज स्थिर रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि सोही मूल्यमा उक्त डलरको खरिदबिक्री भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ५७ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको थियो।
सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा ४२ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, सोमबार अस्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७० पैसा र बिक्रीमा ८८ रुपैयाँ १० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ । आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ८५ पैसा पाइन्छ भने सोमबार बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४९ पैसा तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण