सिटिजन्स बैंक धनगढी शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी शाखाले आउदै गरेको १६ औं बार्षिकोत्सव लाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले गौरीगङ्गा नगरपालिका वडा नं ५ अण्डैया मा आयोजित शिविरमा करीब ३०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ ।
शिविरमा अत्तरिया अस्पतालका डा आनन्द पाठक, डा अनिश कुमार शाह, डा सीता बम र डा धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएका थिए । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण