मन्त्रिपरिषद्
मिटरब्याजी पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा छानबिन समिति गठन
सोमबार, २० चैत २०७९, २२ : ५५

काठमाडौँ । सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्न निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । उनका अनुसार समितिको सदस्यहरूमा पूर्व एआइजी उत्तम राज सुवेदी र गणेश बाबु अर्याल रहेका छन् ।
समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस तथा मूर्त रूपमा मिटरब्याजीको समस्या समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय गरिएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म