दैलेख जिप दुर्घटना : गम्भीर घाइते १ जनाको मृत्यु, ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ लगियो (अपडेट)
सुर्खेत । सोमबार दिउँसो पश्चिम दैलेखको आठबिस नगरपालिका–१ डाब अन्तर्गत कर्णाली राजमार्गमा भएको जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको नरहरिनाथ गाउँपालिका–७ का ३३ बर्षीय दुर्गबहादुर बोगटी रहेका छन् ।
गम्भीर घाइते भएका उनीसहित ३ जनालाई नेपाली हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । बोगटीको काठमाडौँ पुग्नु अगावै मृत्यु भएको कुरा जानकारीमा आएको दैलेखका डीएसपी किशोर लम्सालले रातोपाटीलाई जानकारी दिए ।
हेलिकप्टरमा गएका बाँकी घाइते सोही वडाका तीन जना बालबालिकाको ट्रमा सेन्टर काठमाडौंमा उपचार सुरु भइसकेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क १ ज ५५ नम्बरको उक्त बोलेरो जिपमा ९ जना बालबालिकासहित १४ जना सवार थिए । जिपमा सवार सबै घाइते भएका थिए ।
सवार बालबालिकाहरु अधिकांश सुर्खेतमा बसेर अध्ययन गर्दै आएका र परीक्षा सकेपछि गाउँ जाँदै थिए । जिप ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको थियो । बाँकी सामान्य घाइतेहरुको साँगेतडा स्थित मेडिकलमा प्राथमिक उपचारपछि गाउँ फर्किएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
-
‘लेनिन’ मार्फत ठुलो पर्दामा फर्किँदै अभिनेता अखिल अक्किनेनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण