कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा १४ जना घाइते
सुर्खेत । दैलेखमा बोलेरो जिप दुर्घटना भएको छ । सोमबार दिउँसो १ज५५ नम्बरको जिप आठबिस नगरपालिका-१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको उक्त जिपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।
घाइते २ जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। गम्भीर घाइतेहरुको उद्धार गरी सुर्खेततर्फ पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
घाइते हुनेमा ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीय दुर्गा बोगटी, ७ वर्षीय प्रतिक्षा बटला, १४ वर्षीय सरद बिष्ट, २० वर्षीय मनिसा बोगटी, ५५ वर्षीय गोपिकला बिष्ट, ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ६ वर्षीय राजकुमार बोगटी, ६ वर्षीय स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय सुबास सहकारी र २४ को धन बहादुर बटाला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन हलबाहिरको दृष्यः कोही भाषण सुन्दै, कोही शौचालय र मोहीको लाइनमा !
-
रास्वपाले सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता अझ स्पष्ट गर्नुपर्छ : वर्षमान पुन
-
इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा
-
रास्वपालाई वर्षमानको सुझाव– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस्
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण