अमेरिकी सेना मिसन 'हाई अल्टिच्युड'
नेपालमा अमेरिकी सेना मिसन 'हाई अल्टिच्युड' तालिममा केन्द्रित हुन थालेको छ । लामो समयदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । यसक्रममा अमेरिकी सेना जुनसुकै बेला उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार तालिममै केन्द्रित हुन थालेकाले उनीहरूको मिसन 'हाई अल्टिच्युड' तालिम रहेको देखिएको हो। केही वर्षअघिदेखि नेपाली सेनाले भारतीय स्थल सेना, अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।
गत माघमा अमेरिकी सेनासँग एक्स- बेलेन्स नेल- २३-३०११ नाम दिइएको संयुक्त अभ्यासमा उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार (जल उद्धार, हवाई उद्धार) सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुने गरी संयुक्त अभ्यास गरेको थियो । त्यसमा ४५ नेपाली र १९ अमेरिकी सैनिक सहभागी थिए ।
काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा माघ १९ गतेसम्म संयुक्त अभ्यास चलेको थियो । नेपाली सेनाले अमेरिकासहित भारत र चीनसँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । त्यसअघि पनि अमेरिकी सेनाले २०७९ साउनमा नगरकोट र छाउनीमा तालिम गरेको थियो । त्यतिबेला नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरीजम्मा ९६ जनाले तालिम लिएका थिए । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण