पदभार ग्रहण गर्दै ओझाले भने - त्रिवि अब क्यालेण्डर अनुसार चल्नुपर्छ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन सभापति श्यामराज ओझाले पदभार ग्रहण गरेका छन् । मंगलबार उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले विश्वविद्यालयलाई क्यालेण्डरअनुसार चलाउन हर तरिकाले सहयोग गर्ने र क्यालेण्डरलाई प्रभावित पार्ने कुनै पनि क्रियाकलापहरू नगर्ने प्रतिबद्धता जनाएका छन् ।
भीसी नियुक्तिमा ओभरल्यापिङ टेनर सुरु गर्नुपर्ने भन्दै उनले कानुन पढाउने विश्वविद्यालय आफ्नै ऐन मान्दैन भन्ने दिन आउन नदिन डटेर लाग्ने जिकिर गरे । घर खेत बेचेर विश्वविद्यालय छिरेको विद्यार्थी ऋण र डकुमेन्टको भारी बोकेर विदेशीने दिनको अन्त्य गरिनुपर्ने उनले बताए ।
' २०/२५ वर्ष आमाबुबाले कमाएको सम्पत्ति सकेर २०/२५ वर्ष विदेशमा पसिना बगाउनु पर्ने दिन नआओस्,' उनले भने । विद्यार्थी ‘ड्रपआउट रेट’ अत्याधिक भएकोले घटाउन सबै सुविधा उपलब्ध गराउनुपर्ने अहिलेको आवश्यकता रहेको ओझाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण