उपहानगरभित्रकै दुर्गम गाउँको पीडा– अस्पताल पुग्न स्ट्रेचरको भर
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १, काउलेकी ७३ वर्षीय चुमादेवी खत्री बिरामी परेको ६ दिन भयो । बिरामी पर्नासाथ उनलाई अस्पताल पुर्याउन घर परिवारको मन नभएको पनि होइन । तर सडक र सवारी साधनको सुविधा नहुँदा अस्पताल पुग्नै सास्ती हुने भएपछि ६ दिनसम्म उनी घरमै बसिन् ।
पहाडी गाउँ, मोटरबाटो अभावका कारण घण्टौं स्ट्रेचरको सहारामा अस्पतालसम्म पुग्नुपर्ने बाध्यताका कारण उनले समयमै स्वास्थ्य उपचार पाउनबाट बञ्चित हुनुपर्यो । यो बाध्यता चुमादेवीको मात्रै होइन, घोराही बजारदेखि झण्डै १३ किलोमिटर उत्तरतर्फ रहेको काउले गाउँका बासिन्दा यस्तो समस्या झेल्दै आएका छन् । करिव सय घर हाराहारीको बसोबास रहेको यो गाउँमा बिरामी पर्दा सबैले भोग्ने पीडा यही नै हो ।
घोराही उपमहानगरपालिका सामान्यतया सुगम मानिए पनि उपमहानगरपालिकाभित्रका गाउँहरुमा मोटर बाटो पुग्न नसक्दा समयमै बिरामीले उपचार सेवा पाउन सकेका छैनन् । चुमादेवीका खत्रीका छोरा होमबहादुर खत्रीले भने, ‘बाटो नहुँदा बिरामी आमालाई समयमै अस्पताल पु¥याउन सकेनौं । स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यताले आमाको उपचार छेक्यो ।’
पीडा त्यतिमात्रै होइन, उपमहानगरपालिकाकै दुर्गम बस्तीमध्ये एक रहेको काउले गाउँमा युवाको अभाव छ । स्ट्रेचरमै बोकेर बिरामीलाई बोकेर अस्पताल लैजानु परेको अवस्थामा यति लामो बाटोसम्म बोकेर लैजाने जनशक्ति पनि छैन ।
उनले थपे, ‘गाउँमा स्ट्रेचर बोक्ने युवाहरु छैनन् । बिरामीलाई बोकेरै अस्पताल लैजाउँ भन्दा पनि बोक्ने जनशक्ति छैन ।’ रोजगारीको अभावमा युवाहरु गाउँ छाडेर विभिन्न सहर, भारत तथा अन्य मुलुक पुगेको उनले सुनाए ।
दुर्गम गाउँमा सडक पुगे घर आँगनमै गाडीघोडा मात्रै होइन, गाउँका युवायुवतीहरु केही पेसा व्यापार गरी जीवन निर्वाह गर्न सक्ने उनले सुनाए । गाउँमा मोटर बाटो नहुँदा बिरामी पर्दाको दुःख र पीडामात्रै होइन, पूर्वाधार विकास अभावका कारण गाउँमा युवाहरु नै रित्तिएको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण