शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साउदी र इरानी परराष्ट्रमन्त्रीबीच बेइजिङमा वार्ता, एक अर्काको देशमा दूतावास खोल्ने सहमति

शुक्रबार, २४ चैत २०७९, ०८ : २१
शुक्रबार, २४ चैत २०७९

बेइजिङ । साउदी अरब र इरानबीच एक अर्काको देशमा राजदूतावास खोल्नेदेखि हवाई उडान गर्नेसम्मको सहमति भएको छ । 

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच चीनको राजधानी बेइजिङमा भएको भेटवार्तापछि उक्त सहमति भएको हो । चीनले सो वार्ताको मध्यस्थकर्ता गरेको थियो । 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार गत मार्च महिनामा चीनको मध्यस्थतामा यी दुई देशबीच भएको ऐतिहासिक सहमति भएको थियो । सो सहमति पछि कूटनीतिक सम्बन्ध अघि बढाउनका लागि चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि दुवै देशले राजदूतावास खोल्नेदेखि हवाई उडान गर्नेसम्मको सहमति कायम गरेका हुन् । 

इरानका परराष्ट्रमन्त्री अमिर अब्दोल्ला हियान र साउदी अरबका राजकुमार फैसला बिन फरहान अल साउदबीच एक अर्काको देशमा दूतावास तथा वाणिज्य दूतावास खोल्ने सहमति बने अनुसार साउदीको राजधानी रियाद र इरानको राजधानी तेहरानमा राजदूतावास खोलिनेछ । सोही सहमतिको क्रममा साउदीको जेद्दाहमा र इरानको मशहदमा वाणिज्य दूतावास खोल्न पनि दुवै देश सहमत भएको जनाइएको छ ।

सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका इरान र साउदी चीनको मध्यस्थकर्तामा पुनः सहकार्य विस्तारलगायत अन्य पक्षमा पनि मिलेर जाने विषयमा सहमति गरेका हुन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप