साताको सेयर बजार : ४१ अङ्कले नेप्से घट्दा ४ अर्ब ६७ करोडको कारोबार
काठमाडौँ । नयाँ अर्थमन्त्री डा.प्रकाशशरण महत आएसँगै सुरु भएको यो साताको सेयर बजार त्यति राम्रो भएन । साताको पाँच दिन नै खुलेको बजारले ४१.७६ अङ्कले नेप्से गुमाउँदै १८ सय ६६.७९ अङ्कको विन्दुमा ओर्लिएको हो ।
गत साताको शुक्रबार अर्थात् चैत १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौँ पटक मन्त्रीपरिषद् पुनर्गठन गर्दै अर्थमन्त्रीमा डा.प्रकाशशरण महतलाई ल्याएका थिए । तर, लगत्तै चैत १९ गते आइतबार खुलेको बजारमा २० अङ्कको नेप्से घट्न पुग्यो ।
दोस्रो र तेस्रो दिन पनि क्रमशः नेप्से सूचक १६.६७ अङ्कले र ५.२० अङ्कले घटेर १८ सय ६६.६८ अङ्कको विन्दुमा झरेकोमा तेस्रो दिन मुस्किलले ८.३९ अङ्कले बढ्यो । तर, पाँचौँ दिन अर्थात् चैत २३ गते नेप्से सूचक पुनः ८.२८ अङ्कले घट्दै १८ सय ६६.७९ अङ्कमा ओर्लिन पुगेको छ ।
कारोबार रकम पनि ४ अर्बमा खुम्चियो
उसो त ४१ अङ्कमाथिले नेप्से सूचक घट्दै गर्दा यो साता कारोबार रकम समेत साढे ४ अर्बको आसपासमा खुम्चिन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता जम्मा ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
अघिल्लो हप्ता ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण