सोमवार पनि उठेन सिंहदरबारको फोहोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर आज पनि उठ्न सकेको छैन । सङ्घ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितल निवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए ।
उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरूले उनको विरोध गरेका छन् । राजनीतिक दलका नेताहरूले जिम्मेवार पदमा बसेर गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको विरोध गरेका हुन् । आइतबारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमवार पनि उठेको छैन । सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ । विज्ञहरूले यसलाई सङ्घ सरकार केन्द्र सरकार बीचको टकराब फोहोरका कारण सिंहदरबारबाट सुरु भएको बताउँदै आएका छन् । महानगरको गैरजिम्मेवारीपना प्रति केन्द्र सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव