‘अझै केही दिन कोरोना सङ्क्रमण बढ्ने’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही दिन बढ्ने बताए । “अहिलेको अवस्था हेर्दा अझै केही दिन सङ्क्रमण बढ्ने छ”, उनले भने, “त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण बच्नुपर्दछ ।”
मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण केही दिन अझै बढ्ने भएकाले कोरोना भाइरस विरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण केही दिनयतादेखि उकालो लागेको छ । आज एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज २९ जना कोरोना सङ्क्रमणबाट उपचार गरी घर फर्किएका छन् । अहिलेसम्म सक्रिय सङ्क्रमित चार सय ४४ जनामा पुगेको छ । काठमाडौँ उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेका छन् ।
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी. १.१६ देखापरेका छ । शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारणले सङ्क्रमितहरु नेपाल प्रवेश गर्नाले फैलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर