कांग्रेसको आन्तरिक झगडाले मन्त्रिपरिषद्ले पूर्णता पाएन : पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवम् पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले नेपाली कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्रिपरिषद्ले पूर्णता नपाएको बताएका छन् । मिडियाकर्मीसँगको संक्षिप्त भेटघाटमा बोल्दै पौडेलले कांग्रेसले मन्त्रीको नाम नदिँदा मन्त्रिपरिषद् अपूर्ण हुन पुगेको बताए ।
‘अहिले ६ मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक प्रभु वा अमरेशकुमार जीमध्येबाट मन्त्री बनाउने कुरा छ’ पौडेलले भने, ‘कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्रीको नाम पठाउनु भएको छैन त्यसैले पूर्णता पाएको छैन ।’ अब मन्त्रिपरिषद्को पूर्णता आगामी वैशाख १० गतेको उपचुनावपछि हुन सक्ने पौडेलले बताए ।
उपनिर्वाचनका कारण प्रधानमन्त्रीले पर्याप्त छलफल गर्न नपाएकाले तत्काल मन्त्रिमण्डल विस्तार नहुने उनले बताए । प्रधानमन्त्रीलाई लामो समय गठबन्धन व्यवस्थापनमा विताएकोले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि सरकारका कामले गति लिने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण